रोनाल्डोको मड्रिड ट्रान्सफर सकारात्मक “जिदानले गरे रोनाल्डोको ट्रान्सफर विषयमा खुलासा “

स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोको सम्भावित सेन्टियागो बर्नाबेउ फर्किने सक्ने विषयमा आफ्नो प्रत्किर्या दिएका छन् । जिदानले आफ्नो पुर्बी स्टारका निम्ति सेन्टियागो बर्नाबेउको ढोका खुल्ला रहेको संकेत गरेका छन् ।
आउदो समर रोनाल्डोलाई रियल मड्रिडले पुन आफ्नो क्लबमा स्थापित गर्नेमा जिदानले संकेत गरेका हुन् । च्याम्पियन लिगबाट अप्रत्यासित हार पश्चात दोधारे भूमिकामा देखिएका रोनाल्डोको भविष्यबारे धेरै टीकाटिप्पणी सुरु भएका छन् । उनको आउदो गन्तब्य रियल मड्रिड, युनाइटेड देखि पी.एस.जी र एम.एल.एस हुने सम्मको चर्चा चलिरहेको छ ।
२०२२ मा रोनाल्डो फ्री एजेन्ट बन्ने पुर्ब नै उनलाई केहि मूल्यमा बेच्ने दाउ बनाएको युभेन्ट्सका निम्ति रियल तयार रहेको संज्ञा जिदानले गरेका हुन् ।
जिदानले रोनाल्डोको आगमन बारे के भने ?
च्याम्पियन लिग रियल मड्रिडले यसै साता एटलान्टा विरुद्धको दोश्रो लेग खेल्दै छ उक्त खेल पुर्ब जिदानले स्काई इटालियासंग बोल्दै रोनाल्डो रियल आउने विषयमा चलेको अफबाहमा सत्यता रहेको बताएका थिए ।
उनले रोनाल्डोले रियलका निम्ति खेलेको खेल र भूमिकालाई बिर्सन नसकिने कुरा समेत उक्त अन्तर्वार्तामा गरेका थिए ।
तर मड्रिड किन रोनाल्डो चाहन्छ ?
९ बर्षे स्पेनको बसाईमा रोनाल्डोले मड्रिडका निम्ति युगान्तकारी खेल पस्किए, उनले उक्त बेला १५ ट्रफी जित्त्दै २ ला लिगा र ४ च्याम्पियन लिग उपाधि समेत मड्रिडका निम्ति जिताएका थिए ।
४५० गोल पुरा गर्दै मड्रिड छाडेका रोनाल्डो पश्चात मड्रिडले अर्को रोनाल्डोको प्रतिक्षा उतिकै गरिरह्यो साथै निकै उतारचढावबात क्लब गुज्रिन पुग्यो ।
रोनाल्डोको विकल्प धेरै खोज्यो रियलले तर सकेन साथै क्लबले ठुला उपाधिका निम्ति खासै केहि गर्न समेत सकेन । जस कारण रोनाल्डो नै रियलका निम्ति महत्वपूर्ण खेलाडी मानिन्छन र यसै सन्दर्भलाई पुरा गर्न रोनाल्डोको चाहनामा मड्रिड देखिन्छ ।
युभेन्ट्सका निम्ति रोनाल्डोको पदर्शन ?
३६ बर्षका भए क्रिस्टियानो रोनाल्डो तर अझै थाकेका छैनन्, उनले ३३ खेलको सामना गर्दै ३० गोल यस सिजन युभेन्ट्सबाट बनाइसकेका छन् । उनले हालै काग्लिएरी विरुद्धको खेलमा ह्याट्रिक गोल गर्दै पेलेको रेकर्ड समेत तोडेका छन् ।
च्याम्पियन लिगबात विदा भएको युभेन्ट्सका निम्ति रोनाल्डो अझै पूर्ण रुपमा स्वस्थ र महत्वपूर्ण खेलाडीको रुपमा छन् ।रोनाल्डोले आउदो सिजन ट्रान्सफरको विषयमा केहि प्रतिक्रियाहरु दिएका छैनन् भने उनि आफ्नो सिरी ए खेलका निम्ति एकाधिकार छन् ।