२०८२ अशोज १५, बुधबार
  • Aksharanka २० चैत्र २०७७, शुक्रबार

एक हप्तादेखि फोहोर फाल्ने ठाउँको विवादले नउठाइएको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । शुक्रबार नै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको श्रेष्ठले बताए ।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन-तीन करोड पाउने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न संघ सरकारसँग अनुरोध गर्ने र सिसडोलकाे पाेस्ट क्लाेजर गर्नेबारे पनि सहमति भएको छ ।

Published Date : २० चैत्र २०७७, शुक्रबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम