२०८२ अशोज १८, शनिबार
  • Aksharanka २१ चैत्र २०७७, शनिबार

फलफूलको राजा भनेर आँपलाई भन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ । यसले गर्मीको दिनमा शरीरलाई चिसो राख्ने गर्छ । धेरैले आँपको बोक्रालाई बेकारको ठानेर डस्टबीनमा फ्याँक्ने गर्छन् । तर यसले तपाईंका विभिन्न समस्या टाढा राख्ने गर्छ भन्ने थाहा छ ? आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरिएको हुन्छ । यसले तपाईंको स्वास्थ्य र सौन्दर्यसँग जोडिएका थुप्रै समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरपुर हुन्छ । यसका फाइदाबारे जानकारी लिऔं ।

एन्टीअक्सिडेन्टले भरपुरः

साधारणतया आँपको बोक्रामा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्टले भरपुर हुन्छ । एन्टीअक्सिडेन्टले फ्री रेडिकल्सबाटबाट हुने हानीलाई काम गर्ने काम गर्छ । फ्रि रेडिकल्सले शरीरका सबै हिस्सालाई प्रभावित गर्छ जसमा छाला, आँखा यहाँसम्म कि मुटुसम्म पनि समावेश छ ।

चाउरीपनबाट राहतः

आँपको बोक्रामा छालालाई सफा गर्ने गुण हुन्छ । यसले समयअगावै देखिने चाउरीपनलाई नष्ट गर्ने गर्छ । यद्यपि, यो एउटा प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन तर यसलाई नियन्त्रण भने गर्न सकिन्छ । फ्रि रेडिकल्स, वायु प्रदुषण, तनावका कारण अनुहारमा चाउरी पर्छ । यसबाहेक यसले कालो दाग कम गर्छ र अनुहारमा निखार ल्याउँछ । आँपको बोक्राले बनेको पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राख्नुहोस् र पानीले धुनुहोस् । आँपको बोक्रालाई पेस्ट बनाउनका लागि यसलाई घाममा केही दिनसम्म सुकाउनुहोस् ।

डण्डीफोरबाट छुटकाराः

आँपको बोक्राको प्रयोग अनुहारमा डण्डीफोर हटाउनका लागि गर्न सकिन्छ । आँपको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै आँपको बोक्रालाई पेस्ट बनाएर लगाउँदा दाग धब्बा पनि टाढै रहन्छन् ।

ट्यानिङ हटाउन मद्दतगारः

आँपको बोक्रालाई अनुहार, हात र खुट्टामा दल्नुहोस् । यसमा भएको भिटामिन सीले ट्यानिङ हटाउने काम गर्छ । बोक्रा दलेपछि दही वा नौनीले मसाज गर्नुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् ।

बगैंचाका लागि सबैभन्दा राम्रो मलः

आँपमा भिटामिन ए, बीसिक्स, सीका साथै फाइबर, कपर, फोलेट पाइन्छ । यद्यपि, मानिसहरु आँपको बोक्रालाई बेकार सम्झेर फ्याँक्ने गर्छन् तर यसमा भिटामिन सी, ई, पोलिफेनोल, क्यारोटिनोयड हुन्छ । यो गर्मीमा आफ्नो बोटबिरुवाका लागि आँपको बोक्रालाई जैविक मलको रुपमा प्रयोग गर्नुहोस् । आँप खाएपछि बोक्रालाई स–सानो टुक्रामा काट्नुहोस् र त्यसलाई एउटा एयरटाइट कन्टेनरमा राख्नुहोस् । आँपको बोक्राका लापग एक गिला िपानी हाल्नुहोस् ।

ढक्कनलाई कसेर बाँध्नुहोस् र २४ घण्टाका लागि छोडिदिनुहोस् । भोलिपल्ट कन्टेनर खोल्नुहोस् र बोक्रालाई चलाउनुहोस् । त्यसपछि ढक्कन बन्द गर्नुहोस् र त्यसपछि २४ घण्टासम्म प्रतीक्षा गर्नुहोस् । तेस्रो दिन यो पानीलाई छान्नुहोस् । यसलाई एक गिलास पानी हालेर पातलो बनाउनुहोस् । यो मिश्रण आफ्नो बोटबिरुवालाई दिनुहोस् । राम्रो नतिजा पाउनका लागि हप्तामा एक वा दुईपटक दोहोराउनुहोस् ।

Published Date : २१ चैत्र २०७७, शनिबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम