देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता

काठमाडौ । कात्तिक महिनामा आएको अविरल भारी वर्षाको कारणले बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३३ जना अझै बेपत्ता रहेका छन् ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ र ३३ जना अझै बेपत्ताा रहेको पुष्टि गरेको हो ।
प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।
यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् ।
साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको समेत केन्द्रले जनाएको छ ।
Published Date : ६ कार्तिक २०७८, शनिबार