२०८२ अशोज १५, बुधबार
  • Aksharanka ९ मंसिर २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरु सुरु हुने क्रममा छन्। यसैबीच कांग्रेस स्याङ्जा जिल्ला सभापतिको लागि सविधानसभा सदस्य राजु थापाले दाबेदारी प्रस्तुत गरेका छन्। कांग्रेसको विरासतपूर्ण इतिहासलाई फर्काउने भन्दै थापाले उम्मेदवारी दिएका छन्।

१२ औं र १३ औं महाधिवेशनमा समेत महासमिति सदस्य निर्वाचित थापाले जिल्ला सभापतिका रुपमा आफ्ना दुई दर्जनभन्दा बढी एजेन्डा सार्वजनिक गरेका छन्। विगतमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको आम निर्वाचनमा आफ्नो दलका लागि महत्वपूर्ण योगदान गरेका थापाले सभापतिका रुपमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। थापाकै महत्त्वपूर्ण योगदानले स्याङ्जाबाट प्रदेश सभामा प्रकाश मल्ल निर्वाचित हुन सफल भएका थिए। मल्ल आफै अहिले सभापतिका प्रत्यासी बनेका छन्। थापाकै सहयोगमा मल्ल स्याङ्जा तरुण दलको सभापति बनेका थिए।

जिल्ला सभापतिका रुपमा पार्टीका पुराना र वरिष्ठ व्यक्ति आउनुपर्ने आफ्नो मान्यता भएपनि परिस्थितिले सभापतिमा दाबेदारी प्रस्तुत गर्नुपरेको थापाको भनाई छ। ‘पार्टी सभापति कमल पङ्गेनीको असामयिक निधन पछि पार्टीलाई परेको गम्भीर असरको रिक्तता परिपुर्त गर्न र जिल्लामा पार्टीको औचित्य स्थापित गर्न आफै उम्मेदवार हुनुपर्छ भनेर लागेको हुँ’ उनले भने।

आफ्नो नेतृत्वमा स्याङ्जामा काङ्रेसको उपस्तिथि बलियो हुने र साङ्गठनिक रुपमा थप सुदृढ बन्ने थापाको भनाई छ। यसअघिको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपनि तत्क्षण नै पार्टीको हरेक गतिविधि र आम कार्यकर्ताको दु:खसुखमा साथ दिने नेताको रुपमा थापा लोकप्रिय मानिन्छन ।

जिल्ला सभापतिका लागी यही मङ्सिर १० गते निर्वाचन हुदैछ।

यस्ता छन् थापाका एजेन्डाहरु :

– नेपाली काङ्रेसको विरासतपूर्ण इतिहासलाई वर्तमानसङ्ग जोड्ने
– सङ्गठन विस्तार र संरचनात्मक सुधारलाई तिव्र बनाउने
आगामी निर्वाचनमा हरेक तहमा नेपाली काङ्रेसको जितको आधार तयार गर्ने
-जिल्लाभित्रका सम्पूर्ण विभाग र समितिलाई सक्रिय बनाउने
-पार्टीका सम्पूर्ण सदस्यहरुको डिजिटल अभिलेख राख्ने, समय-समयमा अद्यावधिक गर्ने
-पार्टीभित्र समावेशिताको उत्कृष्ट अभ्यास गर्ने
-स्थानीय आवश्यकता र मागको आधारमा विकास निर्माणमा सहजीकरण र नेतृत्व प्रदान गर्ने
– नेपाली काङ्रेसका सम्पूर्ण सदस्यहरुलाई सामाजिक क्रियाकलापमा अग्रसर बनाउने,उत्पादनमूलक गतिविधिमा जोड्ने
– सदस्यहरुको समस्यामा राजनीतिक अभिवाकत्व प्रदान गर्ने
– ‘अध्ययनशील र प्रविधिमैत्री’ काङ्ग्रेस पुस्ता तयार गर्ने
– ‘स्वरोजगार काङ्ग्रेस, स्वाभिमानी काङ्रेस’को अभियान सन्चालन गर्ने
– आवश्यकताका आधारमा जिल्लाभित्र हरेक तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने
-जिल्लाको आवश्यकताका आधारमा लगानीको वातावरण निर्माण गर्ने
-प्रवासबाट नेपाल फर्किएका सदस्यहरुलाई जिल्लाभित्रै रोजगारी र लगानीको आधार निर्माण गर्ने
– सबै राजनीतिक दलहरुसङ्ग सहकार्य गर्ने र काङ्ग्रेसको नेतृत्व सुनिश्चित गर्ने

Published Date : ९ मंसिर २०७८, बिहीबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम