जनप्रतिनिधि जनतासंग हुनुपर्छ

मुलुकमा संघियताको कार्यान्वयन संगै स्थानिय तहको निर्वाचन दोस्रोपटक पनि सम्पन्न भईसकेको छ । निर्वाचन कसरि भयो निर्वाचनमा जनताले आफ्ना मत सुरक्षीत तवरले राख्ने खालको वातावरण वन्यो कि बनेन ? निर्वाचनमा राज्यका संयन्त्रहरूको दुरूपयोग गर्न खोजियो वा खोजिएन ? जनताहरूमा भय रहित वातावरणको सृजना भयो वा भएन ? विषेशत स्थानिय तहको निर्वाचनमा गठबन्धनका कारण स्वच्छ निर्वाचन प्रतिष्पर्धात्मक निर्वाचन वन्यो कि बाध्यकारि व्यवस्था बन्यो ? उम्मेद्वारहरू निर्वाचनलाई स्वच्छ र प्रतिष्पर्धा वनाउन तर्फ लागे की जसै चुनाव जित्नतिर लागे यि र यस्ता विषयहरूको गम्भिर समिक्षा र उत्तर खोज्नु त जरूरि नै छ तरपनि जनतासंग प्रत्यक्ष एकाकार हुने, जनताको नजिकको सरकार दैलोको सरकार स्थानिय निकाय नै हो ।सामान्य गुनासा देखि जनताको दैनिकिमा सरोकार राख्ने सम्मका विषयहरू स्थानिय सरकारमा जोडीने गर्दछन् । जनताले घरको दैलो उघारेपछी देखिने सरकार स्थानिय सरकार नै हो, स्थानिय निकाय नै हो ।
स्थानिय तहको भर्खरै मात्र दोस्रो निर्वाचन सम्पन्न गरेको अवश्था छ ।५ बर्षका लागी निर्वाचित जनप्रतिनिधिहरू कार्यालयमा पुगेर कार्य गर्न भर्खरै-भर्खरै थालेका छन् भने सामान्य रिजल्ट आईसक्ने समय पनि भैसकेको छैन । यसै सन्दर्भमा जवरजस्त रूपमा संघियतामाथि प्रश्न चिन्ह समेत खडा भएको छ । संघियता खारेज गर्नुपर्छ धान्न सकिदैन भन्ने नारा सडकमा गुञ्जिन थालेको हामिले सुनिरहेका छौ भने कतिपय आवाजहरू स्थानिय निकायलाई,स्थानिय सरकारलाई बलियो बनाउदै लैजाने र प्रदेशको विकल्प खोजौ भन्ने खालका आवाजहरू पनि सुनिन थालेको छ । जे होस् संघियता मुलुकको सुन्दर पक्ष नै हो तर यी सडकमा उठेका आवाजतर्फ जनप्रतिनिधिहरूले ध्यान दिनैपर्छ । यि र यस्ता विषयमा जनप्रतिनि चनाखो बन्नै पर्छ ।
सामाजिक सञ्जालहरूमा समेत हाल आएर स्थानिय तहका जनप्रतिनिधिहरूका अलिक अभद्र खालका गतिविधिहरू देखिन थालेको हामिले पाईरहेका छौ । केही जनप्रतिनिधिहरू नशामा लठ्ठहुने केहिले व्यक्तिगत रिसिभि साधेर काममा फरक आश्था र विचारको जनतालाई दुर्व्यहार गर्ने खालको गतिबिधि देखिन थालेको छ ।जनप्रतिनिधिहरू मालिक जस्ता देखिन थालेका छन् ? जनताका काम भन्दा आफ्ना आय आर्जनका कार्यमा जनप्रतिनिधिहरू लाग्न थालेका छन् । जनप्रतिनिधिहरू ठेक्कामा अलिक रमाउन र चासो दिजन थालेको गुनासो समेत आउन थालेका छन् । जनप्रतिनिधीहरूले जनतालाई दास सम्झने कार्य हुँदै गएको भन्ने खालको गुनासाहरू धिमा गतिमा यसभन्दा अगाडि उठ्न थालेका थिए ।
झण्डै ८ दशकको लामो संघर्ष पछी प्राप्त संघियतालाई बलियो बनाउदै यी र यस्ता यावत प्रश्नको उत्तर र जवाफदेहिता जनप्रतिनिधि बन्न सक्नुपर्छ ।स्थानिय सरकारका/ निकायका जनप्रतिनिधिहरू जनताका हरेक सुख-दुखमा संगै साथमा रहनुपर्दछ । आफ्ना कार्यमा उत्कृष्टता प्रदान गर्नका लागी निर्वाचनमा मत हाल्ने र नहाल्ने सबैको साझा हो भन्ने व्यवहामा देखाउनु पर्दछ । लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै आफ्नो काँधमा आएको जिम्मेवारि कुशलतापुर्वक पुरा गर्ने कार्यमा लाग्नुपर्दछ । जनप्रतिनिधि जनतासंगै हुनुपर्छ । स्थानिय सरकार जनताको सरकार हो जनताको सरकारका जनप्रतिनिधि भएको हुँदा जनप्रतिनिधि जनता संगै हुनुपर्दछ ।