महिलाहरूलाई माइन्युट लेख्न सिकाउदै मुना शर्मा लामिछाने

महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा नेपाल महिला संघ पर्बत एक महिने अभियानको क्रममा बिहादी गाँउपालिकाका अगुवा महिला नेतृहरु प्रसिक्षित भएका छन ।
नेपाल महिला संघ पर्बतले प्रशिक्षणका मुख्य बिषयहरू भाषण कला, माईनट लेखन , स्थानिय तह, पालीकाहरूमा महिला लक्षित कार्यक्रम र बजेट सम्बन्धमा, महिला हिंसा , आधुनिक समाजमा थपिएका हिंसा र बिभेद, साईबर क्राईमको पहिचान, प्रतिवाद , कानुनी उपचारको बारेमा सचेतना, नेपाली कांग्रेस भित्र र समग्र नेपालको राजनितीमा महिलाहरू को योगदान बर्तमान अबस्था, समान भूमिका निर्णायक सहभागीता बिषयमा अन्तक्रीया, उद्घोषण, नेपाल महिला संघ पर्बतले सबै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम पालिका स्तरमा नै आयोजना गरी सयौ सक्षम महिला नेताहरू तयार गर्ने उद्देश्य राखेर अभियान जारी रहेको अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनु भयो ।
स्थानीय तहमा लक्षित बजेटको काम गर्न र महिला संघको बैठक कार्यक्रम गर्न पुरुष संङ्ग सहयोग माग्न नपर्ने भयकोमा खुसी लागेको छ सहभागी एक प्रसिक्षार्थिको भनाइ थियो । कोर्स नै तयार गरि प्रसिक्षण दिदै हुनुहुदो रहेछ, खास कुन बिषयमा सहभागीको बिसेस चासो रहयो त भन्ने प्रश्नमा महिलाहरुको माइन्युट लेखनमा बिहादिमा विशेष रुचि र प्राथमिकता माइन्युट लेखनमा पाइयो, प्रमुख प्रशिक्षक एवं महिला संघ पर्बत सभापति मुना लामिछानेको कथन थियो ।