२०८२ अशोज १८, शनिबार
  • Aksharanka २७ आश्विन २०८०, शनिबार

रमेश गाेदार, स्याङ्जा ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका ५ वटै सेवा केन्द्रका साधारण सभा सम्पन्न भएका हुन् ।

बाड्खोला र स्याङ्जा सेवा केन्द्रको साधारण सभाको बाड्खोलामा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अब महिला नेतृत्त्व आवश्यकता भएको बताउनु भयो ।

उहाँले सहकारीका माध्यमबाट समाज, जिल्ला र देश विकासका निम्ति सहकारीमा एकाकार भई उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद थापाले कृषि प्रधान मूलकमा कृषि उपजहरु पनि ठूलो परिमाणमा आयत भएकोमा दुख व्यक्त गर्दै सहकारीहरुसँग मिलेर तीनै तहका सरकारले खाली जग्गामा उत्पादनमुखी कार्यक्रम संचालन गरी आत्मनिर्भरतर्फ अग्रसर बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठ, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, शिवशक्ति सहकारीका अध्यक्ष महेन्द्र रेग्मी, शिशु निकेतन आवासिय माविका प्रिन्सिपल मनोज मल्ल, गैर सरकारी संस्था महासंघका अध्यक्ष गोविन्द शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सभाले संस्थाका अध्यक्ष हुमबहादुर कुमालले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राममाया अधिकारी गोदारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आगामी योजना, लेखा सुवरिवेक्षण समितिका संयोजक शालिकराम शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

सभाले सहकारीको केन्द्रिय समितिमा रिक्त सचिव पदमा मिरा मल्ल, सदस्यहरुमा अशोक शर्मा र इश्वरी ढकाललाई सदस्य एंव लेखा सुपरिवेक्षण समितिको सदस्यमा बाबुराम ढकाललाई निर्वाचित गरेको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिर्घनारायण शर्माले स्वागत एवं सहकारीका मिरा मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो ।

साथै सहकारीको जुग्ले सेवा केन्द्रको साधारण सभाको उदघाटन गर्दै गाउँपालिका का अध्यक्ष विश्वनाथ पौडेलले सहकारीले स–सना पुँजीलाई जम्मा गरि सदस्यहरुलाई बचतको महत्व सिकाएको बताउनु भयो ।

सहकारी राज्यको ३ खम्बे अर्थनीति भित्र भएको भन्दै सहकारीले ग्रमिण क्षेत्रलाई समेटि सदस्यहरुलाई बचत तथा ऋणको सेवा प्रवाह गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता थापा, केन्द्रिय संचालक सदस्य ओम प्रकाश सापकोटा, वडा नं २ का अध्यक्ष कमल प्रसाद पौडेल, वडा नं ५ का अध्यक्ष कृष्ण प्रसाद पनेरु, सल्लाहकार श्यामादेबी शर्मा, हराभरा कृषी सहकारीका अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

जुग्ले सेवा केन्द्रका संयोजक नन्दलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अस्मिता सापकोटाले स्वागत एवं सचिव जिवन लामिछानेले संचालन गर्नुभएको थियो ।

साथै सहकारीको विरुवा सेवा केन्द्रको विरुवामा र साँखर सेवा केन्द्रको साखरमा साधारण सभा सम्पन्न भएको सहकारीले जानकारी दिएको छ ।

सबै सभाहरुमा संस्थाका नियमित मासिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत, असल सेवाग्राही एवम्द स्यहरुका एकाघर परिवारका सदस्यहरुवाट एस ई ई देखि स्नातकोत्तरसम्म सर्वोत्कृष्ठ अंक ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Published Date : २७ आश्विन २०८०, शनिबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम