२०८२ अशोज १६, बिहिबार
  • Aksharanka १५ कार्तिक २०८०, बुधबार

रमेश गाेदार, स्याङ्जा

जिल्ला हुलाक कार्यालय, स्याङ्जाले जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यालयबाट प्रवाह हुने सेवा तथा संरचनागत सुधारका लागि समीक्षा एवं अन्तरक्रिया गरिएकाे हाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका काषाध्यक्ष एवं रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गाेदारले हुलाक कार्यालयकाे सेवालाई, सेवाग्रहीकाे आबश्यकता र समयानुकुल परिस्कृत गर्दै जानुपर्ने बताउनुभयाे । उहाले हुलाककाे आबश्यकता र भूमिका आजपनि उत्तिकै रहेकाे बताउँदै, हुलाक मातहतका संरचनालाई स्थानीय आबश्यकता अनुसारकाे भूमिका सृजना गरि परिचालन गर्नुपर्ने बताउनुभयो ।

काेषाध्यक्ष गाेदारले समिक्षाबाट प्राप्त नतिजामा केन्द्रित रही उच्च मनाेबलका साथ कृयाशिल रहन कार्यालय मातहतका सबैलाई अनुराेध गर्नुभयो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हिकमत श्रेष्ठ, महासचिब रामचन्द्र नेपाल, हुलाक कार्यालयका लेखापाल रमेश बिश्वकर्मा , ईलाका हुलाक भुम्रेका प्रमुख राहुल बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रममा जिल्ला हुलाक अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले कार्यालयकाे सेवा प्रवाह र हुलाककाे ओैचित्य, डाक आयात निर्यात सम्बन्धि नायब सुब्बा रमेश राज ढकाल, अतिरिक्त हुलाक सम्बन्धि कानुनी व्यवस्था सुरेश थापा र लेखापाल रमेश बिश्वकर्माले लेखा व्यबस्थापनका बिषयमा कार्यपत्र प्रस्तुति सहित सहजीकरण गर्नुभएको थियाे ।

कार्यक्रममा जिल्ला हुलाक कार्यालय तथा जिल्लाका सबै ईलाका हुलाक कार्यालयका प्रमुख एवं प्रतिनीधीकाे सहभागिता रहेकाे थियाे ।

जिल्ला हुलाक कार्यालय, स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यालयका नायब सुब्बा ज्ञानेन्द्र मरासिनीले र कार्यक्रमकाे संचालन खरिदार सुरेश थापाले गर्नुभएको थियाे ।

Published Date : १५ कार्तिक २०८०, बुधबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम