२०८२ अशोज १६, बिहिबार
  • Aksharanka १२ पुष २०८०, बिहीबार

रमेश गाेदार, स्याङ्जा ।

पुतलीबजार नगरपालिकाले शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका बिचमा प्रतियोगिता सम्पन्न गरिएको हाे ।

म बिद्यार्थीका लागि, बिद्यार्थी मेराे लागि भन्ने शीर्षकमा भएकाे प्रतियोगितामा पूण्यशिला आधारभूत बिद्यालयका शिक्षक ज्याेति थापाले प्रथम स्थान हासिल गर्नुभएको छ ।

प्रतियोगितामा शिक्षा शाखा प्रमुख बाबुराम बराल, पूर्व शिक्षक शिव तिमिल्सिना, रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गाेदार निर्णायक भूमिकामा रहनुभएकाे थियाे ।

प्रतियोगितामा पुतलीबजार नगरपालिकाभित्रका ९ जनाकाे सहभागिता थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख तुलसीराम रेग्मीले विद्यार्थीकाे मात्र प्रतियोगिता भइरहेकाे अवस्थामा शिक्षकहरूकाे प्रतियोगिता नाैलाे भएकाे बताउदै प्रतियोगिताले शिक्षककाे क्षमता बिकाससँगै गुणस्तरीयतामा सहयाेग पुग्ने बताउनुभयाे ।

यस्ता कार्यक्रमका लागि पालिकाले बजेटकाे व्यवस्थापन गरि निरन्तरता दिने बताउँदै प्रमुख रेग्मीले बिजेताले जिल्ला प्रदेश तहमा पनि बिजयी हुन शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख देवी अर्यालले यस्तो प्रतियोगिता शिक्षकहरूका लागि पनि प्रतिभा प्रदर्शन गर्ने अवसर भएकाे बताउँदै यस्तो कार्यक्रमकाे निरन्तरता दिने बताउनुभयाे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, महिला तथा बालबालिका शाखा प्रमुख ठगी कुमारी खनाल, शाखाका गाेविन्द सुवेदीले सहजीकरण एवं शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

प्रतियोगिताका बिजेताले पाैष १८ गते हुने जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने शिक्षा शाखा प्रमुख बाबुराम बरालले जानकारी दिनुभयो ।

Published Date : १२ पुष २०८०, बिहीबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम