२०८२ अशोज १८, शनिबार
  • Aksharanka १७ पुष २०८०, मंगलवार

युवराज पौडेल

स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय संसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक्रमको सुरुवात गरेका छन् । सांसद थापाले आफ्नो क्षेत्रको अर्जुनचौपारी गाउँपालिकाबाट कार्यक्रमको सुरुवात गरेका छन् ।

अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका राजनैतिक दलका जनप्रतिनिधि, स्थानीय प्रतिनिधि, आम सर्वसाधारण जनताको ठूलो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनताहरुले सांसद थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न क्षेत्रका समस्याहरु सुनाएका थिए । सडक निर्माण, बाँदर समस्या, सुन्तला खेतीले मूल्य नपाएको, बेरोजगारी समस्या भएको लगायतका विषयहरु उठेका थिए । उठेका प्रश्नहरुको सांसद थापाले एक एक गरी उत्तर दिएका थिए ।

जनताका चासो र गुनासोहरुलाई सम्बोधन गर्दै सांसद थापाले सङ्घीय सांसदका तर्फबाट जनताका मूलभूत समस्याका विषयमा निरन्तर संसदमा कुरा उठाएको बताउनुभयो । उहाँले जनप्रतिनिधिका दृष्टिले आफूले जनताका सरोकारका विषयलाई संसदमा उठाउँदै आएको बताउँदै भविष्यमा पनि उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति नगर्ने पनि बताउनुभयो ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले स्थानीय पालिकाले गर्न सक्ने विकास निर्माणका काम गरिरहेको र प्रदेश तथा सङ्घसँग सम्बन्धित भएर गर्नुपर्ने काममा सांसद थापासँग मिलेर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका प्रतिनिधिहरुले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेसका गण्डकी प्रदेश संसदीय बोर्ड सदस्य कुमबहादुर गुरुङले गर्नुभएको थियो ।

Published Date : १७ पुष २०८०, मंगलवार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम