२०८२ अशोज १५, बुधबार
  • Aksharanka १९ पुष २०८०, बिहीबार

अक्षराङ्क संवाददाता

स्याङ्जाको सदरमुकाम पुतलीबजारको मालेबगरस्थित खेलमैदानमा आँधीखोला महोत्सव सुरू भएको छ । आजबाट सुरू भएको महोत्सवको समुद्घाटन पुतलीबजार नगर प्रमुख तुल्सीराम रेग्मीले गर्नुभएको छ ।
समुद्घाटनपछि बोल्दै प्रमुख अतिथि रेग्मीले जिल्लामा उत्पादित सुन्तला, कफी, अदुवा, आलु लगायतका कृषिजन्य उत्पादनलाई बजारीकरण गर्दै आयआर्जनमा जोड्न सहयोग पुग्ने गरी महोत्सव अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुतलीबजार उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य किसन सुनुवार, पुतलीबजारका निवर्तमान प्रमुख सीमा क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले उपसचिव तारा शर्मा, नेकपा माओवादी नगर अध्यक्ष नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बसन्त पंगेनीलगायतले बोल्नुभएको थियो ।

स्याङ्जाली कलाकार लोकनाथ सापकोटा, शिव हमाल, तारा पौडेल लगायतको प्रस्तुति रहेको उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने च्याम्बर्स अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो ।

च्याम्बर अफ कमर्श स्याङजाले आयोजना गरेको उक्त महोत्सवमा स्याङ्जा उद्योग वाणिज्य सङघको समेत साथ रहेको आयोजकले जनाएका छन् ।

Published Date : १९ पुष २०८०, बिहीबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम