२०८२ अशोज १५, बुधबार
  • Aksharanka २० पुष २०८०, शुक्रबार

स्याङ्जा, २० पौष २०८० ।

नेपाल विद्यार्थी सङ्घ फेदीखोलाले देउसी भैलो खेलेर उठाएको रकम दृष्टिविहीन विद्यार्थीको लागि शैक्षिक सामग्री र बन्दोबस्तका सामग्रीमा खर्च गरेको छ । फेदीखोला गाउँपालिका वडा नं २ मा अवस्थित कालाभैरव मा.वि. मा अध्ययनरत ८ जना दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो ब्ल्याङ्केट साथै स्टेसनरी सामग्री वितरण गरिएको छ । त्यस्तै फेदीखोला गाउँपालिका वडा न. १ खड्का गाउँमा अवस्थित खोरथापे आधारभुत बिधालयमा अध्ययनरत १८ जना विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री बितरण गरेको छ ।

उक्त सामग्री वितरण कार्यक्रममा नेबिसंघ फेदिखोलाका सभापति महेश खड्का, नेपाली काङ्ग्रेस फेदिखोलाका पाटी सभापति महेन्द्र थापा, ने वि संघ केन्द्रिय सदस्य रेजिना खड्का लगायत नेबिसंघ फेदिखोलाका नेताहरु प्रकृति जि सि, सन्देश जि.सि, उत्तम गुरुङ, मुकेश गुरुङ, शैलेस थापा, लब खड्का र कुश खड्काको उपस्थिति थियो ।

यसभन्दा अगाडि पनि नेबिसंघ फेदिखोलाले देउसी भैलो कार्यक्रम आयोजना गरि कालाभैरव माबिमा अध्ययनरत दृस्टीबिहिन बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो भने भालु पहाड सरसफाइ, पहिरो पीडित परिवारलाइ आर्थिक सहयोग, दुर्घटनामा परेका युवालाइ आर्थिक सहयोग, कोभिडको बेलामा स्वास्थ सामग्री बितरण तथा जनचेतनामुलक कार्यक्रम, अमोर बालगृहमा अत्यावश्यक सामाग्री हस्तान्तरण, युवा क्लबलाइ कुर्ची हस्तान्तरण, युवाहरुलाइ प्रोत्साहनस्वरुप बेलाबेलामा खेलकुद प्रतियोगिता, विद्यार्थी हकहितका लागि अन्तरक्रिया कार्यक्रम लगायतका सामाजिक कामहरु गरेको नेबिसङ्घ फेदीखोलाका अध्यक्ष महेश खड्काले बताउनुभयो ।

Published Date : २० पुष २०८०, शुक्रबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम